काठमाडौं । नेकपा एमालेले विपद् कोषमा पार्टीको तर्फबाट ५० लाख रूपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट ५० लाख रुपैयाँसहित सांसदहरूले १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीसुव्वा गुरुङले जानकारी दिए ।
उनले पार्टीका संघ र प्रदेशका सांसदहरुलाई सहयोग गर्न आग्रह गर्ने निर्णय भएको बताए । पार्टीले यअसघि नै सबै कार्यक्रम रोकेर नेता कार्यकर्तालाई उद्धार, राहतमा परिचालन गरिसकेको बताए ।
तपाईको प्रतिक्रिया