शुक्रबार ९ कार्तिक २०८१
प्रवास

अर्थमन्त्री पौडेल र एमसीसीकी प्रमुख कार्यकारीबीच भेटवार्ता

शुक्रबार कार्तिक ९, २०८१/ Friday 10-25-24

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच वासिङ्टन डीसीमा  भेटवार्ता भएको छ।

उक्त भेटका अवसरमा मिलेनियम च्यालेन्ज कर्पोरेसनको कम्प्याक्ट एग्रिमेन्टअन्तर्गत गत वर्षदेखि कार्यान्वयन भएको परियोजना तथा अन्तरदेशीय  प्रसारण लाइनका बारेमा छलफल भएको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

पौडेल र निर्देशक लीबीच भेटवार्ता

अर्थमन्त्री पौडेलसँग अन्तर्राष्ट्रिय मुद्रा कोषका उपकार्यकारी निर्देशक बो लीले पनि आजै भेटवार्ता गरेका छन्। त्यस असरमा उनीहरूबीच वित्तीय सहायता, परामर्श सेवा र प्राविधिक सहयोगबारे छलफल भएको थियो । 

उपकार्यकारी निर्देशक बोले नेपालको आर्थिक प्रगति सन्तोषजनक रहेको बताए। अर्थमन्त्रीका साथमा अर्थसचिव रामप्रसाद घिमिरे, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी तथा यहाँस्थित दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेल पनि थिए।

तपाईको प्रतिक्रिया