शुक्रबार ९ कार्तिक २०८१
समाज

सुन्दरीघाटबाट पुनः पानी वितरण

शुक्रबार कार्तिक ९, २०८१/ Friday 10-25-24

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनपश्चात् काठमाडौँको कीर्तिपुरस्थित सुन्दरीघाटबाट आजदेखि खानेपानी पुनः वितरण गरिएको छ ।

 गत असोज दोस्रो साता आएको बाढी तथा पहिरोले मुलुकभर पाँच सय २५ खानेपानी आयोजनामा क्षति पुर्‍याएको थियो ।

ललितपुरको नख्खु खोलाको पानी बिहीबार सुन्दरीघाटको पानी प्रशोधन केन्द्रमा ल्याइएपछि आजदेखि पुनः खानेपानी वितरण कार्य सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेल)का त्रिपुरेश्वर शाखाले जनाएको छ ।

उक्त पानी आजदेखि बल्खु, टेकु, सबल बहाललगायतका क्षेत्रमा वितरण गरिने छ। केयुकेएलका अनुसार शनिबारदेखि तोकिएको तालिकाअनुसार पानी वितरण हुने छ । 

तपाईको प्रतिक्रिया