शुक्रबार ९ कार्तिक २०८१
राजनीति

राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा

शुक्रबार कार्तिक ९, २०८१/ Friday 10-25-24

काठमाडौं । राजेन्द्र महतोले दल दर्ताका लागि निवेदन दिएका छन् । शुक्रबार निर्वाचन आयोगमा राष्ट्रिय मुक्ति पार्टी, नेपाल दर्ताका लागि निवेदन दिएका हुन् ।

पार्टीको अध्यक्षमा महतो रहेका छन् । १७३ सदस्यीय केन्द्रीय समिति रहने गरी निवदेन दिइएको हो । चुनाव चिह्न माछा माग गरिएको छ ।

हाललाई राजेन्द्र महतो अध्यक्ष रहने अरु बाँकी सबै जना सदस्य रहने बताइएको छ । नेपाल सदभावना पार्टीबाट आफ्नो राजनीति यात्रा सुरु गरेका अध्यक्ष महतो लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अलग भएर आफ्नो नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर विभिन्न अभिायनहरु चलाउँदै आएका थिए ।

तपाईको प्रतिक्रिया