शुक्रबार ९ कार्तिक २०८१
समाज

भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो सुरू (तस्वीरहरू)

शुक्रबार कार्तिक ९, २०८१/ Friday 10-25-24

काठमाडौं । तिहार फ्लोरा एक्स्पो २०८१ आजबाट भृकुटीमण्डपमा सुरु भएको छ । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा ‘तिहारको उत्सव फूलको महोत्सव’ भन्ने नाराका साथ यस प्रदर्शनी सञ्चालनमा ल्याइएको हो । आजदेखि जारी उक्त प्रदर्शनी १३ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।

मेलाको उद्घाटन गर्दै वाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले सामुदायिक वनभित्रका बाँझो जग्गा नर्सरीका लागि दिने गरी आगामी नीति तथा कार्यक्रममा समावेश गरिने प्रतिबद्धता जनाए । 

मेलामा ६५ वटा व्यवसायीक स्टल लगाएत वनस्पती विभाग, पुष्प विकास केन्द्र, सहितको अफिसियल ३ वटा स्टल तथा प्रतिश्पर्धाको २ वटा स्टलसहित जम्मा ७० स्टल रहनेछ । मेलामा ३५ हजारले अवलोकन गर्ने साथै ७० लाख भन्दा बढीको आर्थिक कारोवार हुने अपेक्षा आयोजकको छ ।

मेलामा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारीक फूल विरुवाहरु लगायत कृषि तथा वन, जडिबुट्टी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातिका बोटविरुवाहरु प्रदर्शनी तथा बिक्रि वितरणको लागि राखिएको छ । साथै, मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बिउबिजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल रहेको छ ।

तपाईको प्रतिक्रिया