शुक्रबार ९ कार्तिक २०८१
राजनीति

सत्ता गठबन्धनका नेताको बैठक सुरु

शुक्रबार कार्तिक ९, २०८१/ Friday 10-25-24

काठमाडौं । सत्तागठबन्धन दलका नेताको बैठक सुरु भएको छ । बैठक बालुवाटारमा सुरु भएको हो ।

बैठकले आगामी कार्यक्रमबारे छलफल गर्ने र सार्वजनिक गरिने जनाइएको छ । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउविरुद्ध भएको प्रदर्शन, विपक्षी दलका नेतालाई राजनीतिक प्रतिशोधका आधारमा प्रक्राउ गरिएको आरोप लगाएको सन्दर्भ पनि सत्तारुढ दलबीच छलफलमा छ।

अघिल्लो बैठकमा आजको बैठकबाट आगामी कार्यक्रम सार्वजनिक गर्ने समझदारी बनेको थियो । नेपाली कांग्रेस र नेकपा (एमाले)सहितका दलको गठबन्धन सरकार गठनको सय दिन पुगेको छ । बैठकले एक सय दिनको समीक्षा गरी आगामी कार्यक्रम तय गर्ने नेताहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया