शुक्रबार ९ कार्तिक २०८१
राजनीति

रवि लामिछानेको पक्षमा माईतीघरमा आन्दोलन सुरू

शुक्रबार कार्तिक ९, २०८१/ Friday 10-25-24

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा शुक्रबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ।

रास्वपाको अगुवाइमा माइतीघरमा प्रदर्शन भएको हो।

गत कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सहकारीको पैसा गोर्खा मिडियामा ल्याएर अपचलन गरेको अभियोग छ। कास्की प्रहरीले उनीमाथि संगठित अपराध समेतको कसुर लगाएर दोस्रो पटक म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

रास्वपाले भने सरकारले बयान लम्ब्याएर रवि लामिछानेमाथि दुःख दिने नियत राखेको भन्दै उनको रिहाइको माग गर्दै प्रदर्शन काठमाडौंकेन्द्रित गर्ने रणनीति अघि सारेको छ।

प्रदर्शनकारीहरूले  ‘ओइ सरकार ओइ, ८७ अर्ब खोइ ? यति ओम्नी खोइ ? नक्कली भुटानी शरणार्थी खोइ ? टीकापुर जग्गा, गिरीबन्धु खोइ ?, राजनीतिक प्रतिशोध बन्द गर, अधिनायकवाद चल्दैन’, जस्ता नारा लगाउँदै सहकारी पीडितलाई न्याय दिनुपर्ने बताएका थिए । 

बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपाका नेताहरूले अब काठमाडौंकेन्द्रित आन्दोलन गर्ने बताएका थिए।

तपाईको प्रतिक्रिया