काठमाडौँ । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन्।
गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनले आफ्ना कानुनी व्यवसायीमार्फत सर्वोच्चमा आज रिट दर्ता गराएका हुन्।
लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रसाईँलाई मंसिर ४ मा पक्राउ गरेर विद्युतीय कारोबार ऐनमा अनुसन्धान गरिरहेको छ । उनीमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु गरेको छ ।
रिटको पेसी आइतबारका लागि तोकिएको सर्वोच्चका प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए ।
तपाईको प्रतिक्रिया