बिश्वो
भूकम्पपछि चीनले अस्थायी रूपमा बन्द गर्यो सगरमाथा क्षेत्र
मंगलबार पौष २३, २०८१/ Tuesday 01-07-25
काठमाडौँ । चीनले सगरमाथा क्षेत्रको उडान बन्द गरेको छ । तिब्बत क्षेत्रमा गएको ६.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पछि उक्त क्षेत्रमा प्रवेश अस्थायी रुपमा बन्द गरिएको चिनियाँ सरकारी अधिकारीलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ ।
चीनले सगरमाथालाई माउन्ट चोमोलाङ्मा भन्ने गर्छ । डिङ्ग्रीलाई चोमोलाङ्माको आधार शिविर मान्ने गरेको छ । त्यहाँका होटल भवन र वरपरका क्षेत्र यथावत् रहेको र पर्यटक तथा कर्मचारी सुरक्षित रहेको डिङ्ग्री संस्कृति तथा पर्यटन ब्युरोले जनाएको छ ।
भूकम्पको प्रभाव भन्दै चीनले सगरमाथा क्षेत्रको प्रवेशमा रोक लगाउँदा नेपाली पक्षले भने यसबारे कुनै निर्णय गरेको छैन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले यसबारे अहिलेसम्म कुनै निर्णय नभएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया