बुधबार २३ माघ २०८१
समाज

अर्को वर्षदेखि आँखा उपचारसँग जोडिने चस्माको भ्याट र भन्सार लिँदैनौं: स्वास्थ्यमन्त्री पौडेल

शुक्रबार पौष २६, २०८१/ Friday 01-10-25

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आगामी वर्षदेखि आँखाको उपचारमा जोडिएको चश्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल नेत्रज्योति संघको केन्द्रीय सभालाई उद्घाटन गर्दै उनले उपचारसँग सम्बन्धित चश्माको भ्याट र भन्सार नलाग्ने व्यवस्था आगामी वर्षदेखि गर्नेे घोषणा गरे ।

‘चश्मा दुई प्रकारको हुन्छ । एउटा फेसनसँग जोडिएको पनि हुन्छ । अर्को आँखासँग जोडिएको हुन्छ । आँखासँग जोडिएको उपचारको कक्षसँग जोडिएको चश्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था हामीले आगामी वर्ष गर्नेछौँ,’ स्वास्थ्यमन्त्री पौडेलले भने ।

उपचारात्मक सन्दर्भमा बाहिरबाट आउने सहयोग र किनेर ल्याउने सामग्रीहरूको भन्सार छुट गर्ने व्यवस्था रहेको पनि उनले उल्लेख गरे ।

आँखाको उपचार सम्बन्धी उपकरण थप गर्ने र भौतिक पूर्वाधार व्यवस्थित गर्ने सन्दर्भमा सबै मिलेर काम गर्नुपर्ने स्वास्थ्यमन्त्री पौडेलको भनाइ थियो ।

तपाईको प्रतिक्रिया