काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई दिएको छ। हालका कार्यवाहक प्रवक्ता मनीष झा माघ ३ गतेदेखि ३० गतेसम्म निजी काममा व्यस्त हुने भएकाले उक्त अवधिका लागि रावललाई नयाँ कार्यवाहक प्रवक्ता तोकिएको रास्वपाले जनाएको छ । रावल हाल पार्टीकी सहप्रवक्ता छिन् ।
रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले २७ दिनको लागि रावललाई कार्यवाहक प्रवक्ता तोकेका हुन् । यही माघ ३ गतदेखि ३० गतेसम्म कार्यवाहक प्रवक्ता झा निजी काममा व्यस्त हुने भएपछि रावललाई अर्को कार्यवाहक प्रवक्ता तोकिएको हो । रास्वपामा कबिन्द्र बुर्लाकोटी कार्यवाहक महासचिव छन् । रास्वपामा सभापतिदेखि प्रवक्तासम्म कार्यवाहक छन् ।
तपाईको प्रतिक्रिया