बुधबार ९ माघ २०८१
अर्थ

सुनको मूल्य तोलामा १९ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ किनबेच?

बुधबार माघ ९, २०८१/ Wednesday 01-22-25

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुन–चाँदीको मूल्य बढेको छ।

मंगलबार प्रतितोला एक हजार एक सय रूपैयाँ र बुधबार प्रतितोला एक हजार नौ सय रूपैयाँ गरी यो दुई दिनमा सुनको भाउ प्रतितोला तीन हजार रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भइरहेको छ। 

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय ७५ रूपैयाँमा कारोबार भएको थियो। 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।

तपाईको प्रतिक्रिया