बुधबार ९ माघ २०८१
समाज

रवि लामिछानेविरुद्धको मुद्दा प्रह्लाद कुमार योगीको इजलासमा

बुधबार माघ ९, २०८१/ Wednesday 01-22-25

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रूपन्देही अदालतमा उपस्थित भएका छन् ।

रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी मंगलबार बेलुका भैरहवा पुगेका थिए । उनीमाथि आज नै बयान तथा थुनछेक बहस हुनेछ ।

रविको मुद्दा रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा पेशी तोकिएको छ । नारायण बहादुर पहराई समेत को जाहेरीले नेपाल सरकार बादी रहेको सो मुद्दामा रवि र रविना रिमाल समेत २२ जना प्रतिवादी छन् ।

उनीविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार अदालतमा मुद्दा दायर भएको थियो ।

कास्की प्रहरी हिरासतमा रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ मा बुटवल लगेर बयान गराइएको थियो। सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना भएको आरोप छ ।

तपाईको प्रतिक्रिया