बुधबार २० चैत २०८१
बिजनेस

टुसाल मल्टिभेन्यूको कर्पोरेट पिकनिक गोदावरीमा सम्पन्न

आइतबार फाल्गुण ४, २०८१/ Sunday 02-16-25
तस्विरः जमिर श्रेष्ठ

काठमाडौं । काठमाडौंको तार्केश्वर नगरपालिका-८ मा अवस्थित टुसाल मल्टिभेन्यूको कर्पोरेट पिकनिक उत्साहजनक सहभागितामा सम्पन्न भएको छ ।

शनिबार ललितपुरको गोदावरीमा आयोजित कार्यक्रममा टुसालका कर्मचारी, संचालक र जिम सदस्यहरु गरी करीब १०० जनाको सहभागिता रहेको थियो।  

टुसालको टिम र नियमित ग्राहकहरू बीचको सम्बन्धलाई अझ मजबूत बनाउने प्रयास स्वरुप कर्पोरेट पिकनिक कार्यक्रमको आयोजना गरिएको टुसाल मल्टिभेन्यूका संचालक एवमं प्रबन्ध निर्देशक लक्ष्मण केसीले बताउनु भयो। 

पिकनिकमा सहभागीहरूले गोदावरीको प्राकृतिक सुन्दरताको आनन्द लिँदै विभिन्न खेलकुद र मनोरञ्जनात्मक गतिविधिहरूमा सहभागीता जनाएका थिए।

कार्यक्रममा टुसाल मल्टिभेन्यूका संचालक समेत रहेका तार्केश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरी महर्जनले टुसाल मल्टिभेन्युलाई सफल बनाउने सबै स्टाफ र माया गर्ने ग्राहकलाई धन्यवाद दिदै पिकनिकको  उत्साहजनक सहभागिताले आफु खुसी भएको बताए । 

टुसाल मल्टिभेन्यूका प्रबन्ध निर्देशक लक्ष्मण केसीले आगामी दिनमा स्पा र होटलका नयाँ सुविधाहरू थप गर्ने योजना रहेको जानकारी दिए। 

टुसाल मल्टिभेन्यूले जिम, कार्डियो, साउना, स्टिम, ज्याकुजी, पार्टी प्यालेस, रेस्टुरेन्ट, बार, स्विमिङ पुलजस्ता अत्याधुनिक सुविधाहरू प्रदान गर्दै आएको छ।

स्टार लेभलको सबै सुविधा एउटै भेन्यू मार्फत दिने गरि करिव ३० करोडको लगानिमा  टुसाल मल्टिभेन्यू तिन वर्ष अघि संचालनमा आएको हो। 

तपाईको प्रतिक्रिया