शुक्रबार ३० जेठ २०८२
राजनीति

भिजिट भिसा प्रकरण टुंगोमा नपुर्‍याई नछाड्ने : सांसद सोविता गौतम

बुधबार जेठ २८, २०८२/ Wednesday 06-11-25

काठमाडौं । रास्वपाका सांसद सोविता गौतमले भिजिट भिसा प्रकरणमा उठाइएका विषयहरूलाई निष्कर्षमा पुर्‍याउने अठोट दोहोर्याएकी छन्।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भिजिट भिसाको विषय मुलुककै लागि गम्भीर रहेको बताउँदै रास्वपाले उठाएका सवालहरू टुंगोमा नपुर्‍याई छाड्न नसकिने स्पष्ट पारिन्।

गौतमले भिजिट भिसासम्बन्धी समस्या समाधानका लागि रास्वपाले राष्ट्रिय सहमति खोज्ने प्रयासस्वरूप पाँच बुँदे ड्राफ्ट तयार पारी छलफलमा लगेको जानकारी दिइन्। तर, सत्तारूढ दलले त्यसलाई अस्वीकार गरेको आरोप लगाउँदै उनले माओवादी पक्षबाट प्रस्तुत गरिएको वैकल्पिक ड्राफ्ट आफूहरूको सरोकारको विषय नरहेको स्पष्ट गरिन्।

उनले रास्वपा आफ्नै पाँच बुँदे प्रस्तावमा दृढ रहेको बताउँदै यस विषयमा गम्भीर बहस र समाधान अपरिहार्य भएको उल्लेख गरिन्।

तपाईको प्रतिक्रिया