
काठमाडौं। काठमाडौंको वसन्तपुरमा नेपालीसँगै विदेशी पर्यटकहरू पनि होली पर्वको रंगमा रमाएका छन्। फाल्गु पूर्णिमाको अवसरमा नेपालका पहाडी क्षेत्रमा धुमधामका साथ होली मनाइँदै गर्दा पर्यटकहरू पनि उत्सवमा सहभागी भएका हुन्।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश बोकेर आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने गरिन्छ। नेपाली सांस्कृतिक चाडहरूको अनुभव लिन चाहने विदेशी पर्यटकहरू वसन्तपुर क्षेत्रमा भेला भएर होली मनाइरहेका थिए। उनीहरूले नेपालीहरूसँग मिलेर रङ खेलेर खुसी साटासाट गरेका छन्।
स्थानीयबासीका अनुसार, नेपाल आउने पर्यटकहरू विशेषगरी काठमाडौं, पोखरा र चितवन जस्ता स्थानहरूमा होलीको उल्लास अनुभव गर्न उत्साहित हुने गर्छन्। यसरी विदेशी पर्यटकहरूको सहभागिताले नेपाली संस्कृति र पर्वलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन मद्दत पुर्याएको छ।
तपाईको प्रतिक्रिया