शनिबार २ चैत २०८१
राजनीति

एमाले सचिवालय बैठक आह्वान

शुक्रबार चैत १, २०८१/ Friday 03-14-25

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय सचिवालयको बैठक बोलाइएको छ । यही चैत ४  गते सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

सचिव डा. अधिकारीका अनुसार, उक्त बैठकमा पार्टीको संगठनात्मक गतिविधि, समसामयिक राजनीतिलगायत विषयमा छलफल गरिनेछ ।

बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ । रासस

तपाईको प्रतिक्रिया