
नेपालको इतिहासमा २०५८ साल जेठ १९ गते घटेको दरबार हत्याकाण्ड राष्ट्रकै सबैभन्दा ठूलो रहस्य र दर्दनाक घटना रहँदै आएको छ। आधिकारिक रूपमा यस घटनालाई तत्कालीन युवराज दीपेन्द्रको आत्मघाती कदमका रूपमा व्याख्या गरिए पनि समयक्रमसँगै आएका तथ्यहरूले भिन्न कथा संकेत गर्छन्। सांसद ज्ञानेन्द्र शाहीले यो हत्याकाण्ड कुनै व्यक्तिगत घटना नभएर एउटा ठूलो षड्यन्त्र भएको दाबी गर्दै आएका छन्। उनका अनुसार, विदेशी शक्तिहरूको इशारामा माओवादी नेतृत्वले नेपालमा अस्थिरता सिर्जना गर्ने योजनाअन्तर्गत दरबार ह’त्याका’ण्ड गराएको थियो।
ज्ञानेन्द्र शाहीका अनुसार, २०५२ सालमै माओवादीले राजा वीरेन्द्रविरुद्ध हतियार उठाइसकेको थियो। त्यही समयदेखि विदेशी शक्तिहरू नेपालमा हस्तक्षेप गर्न सक्रिय बनेका थिए। राजा वीरेन्द्र नेपाललाई स्वतन्त्र राख्न कटिबद्ध राष्ट्रवादी राजा थिए, जसका कारण माओवादी र विदेशी शक्तिहरूका लागि उनी बाधक थिए। यही कारण, योजनाबद्ध रूपमा राजा वीरेन्द्रको परिवार समाप्त पारियो, जसको प्रत्यक्ष लाभ माओवादीले लियो।
माननीय ज्ञानेन्द्र शाहीले आक्रोश व्यक्त गर्दै लेखेका छन्, “प्रचण्डजी, २०५२ सालमा राजा वीरेन्द्रविरुद्ध ह’तिया’र कसले उठायो? तपाईंले उठाउनुभयो। दरबार हत्याकाण्डपछि सबैभन्दा बढी फाइदा कसलाई भयो? तपाईंलाई भयो। जनताको समर्थन कसले प्राप्त गर्यो? तपाईंले प्राप्त गर्नुभयो। राजसंस्था हटाउन विदेशबाट M16, AK-47, LMG, SMG, SLR जस्ता आधुनिक ह’तिया’र कसले ल्यायो? तपाईंले ल्याउनुभयो। मोबाइल फोन नभएको समयमा स्याटेलाइट फोन युरोपियन युनियनले कसलाई दियो? तपाईंलाई। भारतमा लुकेर राजनीतिकरूपमा भड्काएर १७ हजार निर्दोष नेपालीको ह’त्या कसले गर्यो? तपाईंले गर्नुभयो। निहत्था नागरिकलाई बाटोमा ब’म राखेर ह’त्या कसले गर्यो? तपाईंले गर्नुभयो। विदेशीको इशारामा मन्दिरका पुजारी, गुम्बाका लामा कसले हत्या गर्यो? तपाईंले गर्नुभयो। ३३ किलो सुन तस्करी कसले गर्यो? तपाईंले गर्नुभयो। क्यान्टोनमेन्ट घोटाला कसले गर्यो? तपाईंले गर्नुभयो।”
शाहीले थप लेखेका छन्, “स्पष्टरूपमा भन्नुपर्दा, विदेशीको इशारामा तपाईं र तत्कालीन सरकारले मिलेर राजा वीरेन्द्रको वंशनाश गर्नुभयो। तर, यदि यस्तै भड्किला र झूटा भाषण जारी राख्नुभयो भने नेपाली जनताले तपाईंलाई माफी दिने छैनन्। त्यसैले भन्छु, अब नवीनतम सम्झौतामा आउनुहोस्। विदेशीको गुलामी जति गर्नुभयो, पुगिसक्यो। अब देशका लागि केही गर्नुस्।”
ज्ञानेन्द्र शाहीले माओवादीलाई विदेशी शक्तिको कठपुतली भएको आरोप लगाउँदै दरबार ह’त्याका’ण्डपछि माओवादीको शक्ति ह्वात्तै बढेको तथ्यलाई प्रमाणको रूपमा प्रस्तुत गरेका छन्। उनका अनुसार, दरबार हत्याकाण्डअघि नै माओवादीले भारत हुँदै नेपालमा अत्याधुनिक ह’तिया’र भित्र्याइसकेको थियो। त्यो हतियार कहाँ प्रयोग भयो? दरबार ह’त्याका’ण्डपछि विदेशीहरूले माओवादीलाई किन समर्थन गरे? यी प्रश्नहरूको जवाफ खोजिनुपर्छ।
शाहीले यस घटनाको पुनः अनुसन्धान हुनुपर्ने माग गर्दै प्रचण्ड नेतृत्वको माओवादीलाई सत्ताका लागि जस्तोसुकै षड्यन्त्र गर्न पनि तयार रहने समूहका रूपमा चित्रित गरेका छन्। अब इतिहासका तथ्यहरू बाहिर ल्याउन ढिला गर्नुहुन्न। यदि यो षड्यन्त्र सत्य हो भने, नेपाललाई धोका दिने सबै दोषीहरूलाई इतिहासकै कठोर कारबाही हुनुपर्छ। नेपाली जनताले अब सत्य खोज्नुपर्ने समय आएको छ।
तपाईको प्रतिक्रिया