नेपाल प्रहरीमा नयाँ नेतृत्व चयन हुँदै, आईजीपी कुँवरसहित उच्च अधिकारी अवकाशमा

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर आज अनिवार्य अवकाश पाउँदैछन्। ३० वर्षे सेवा अवधिका कारण उनी घर फर्किन लागेका हुन्। आज बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ आईजीपी नियुक्त गर्ने तयारी गरिरहेको छ।
आईजीपी कुँवरसँगै पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) पनि अनिवार्य अवकाश पाउने भएका छन्। अवकाश हुने एआईजीहरूमा जनक भट्टराई, टेकप्रसाद राई, कुबेर कडायत, दुर्गा सिंह र बुद्धि गुरुङ रहेका छन्। त्यसैगरी, डीआईजीहरूको सूचीमा भोला रावल, गणेश चन्द र ध्रुवराज राउत छन्।
को बन्नेछ नयाँ आईजीपी?
आज (सोमबार) बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको नयाँ नेतृत्व चयन गर्नेछ। स्रोतका अनुसार एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङमध्येबाट एक जनालाई आईजीपी नियुक्त गर्ने तयारी छ। साथै, सरकारले रिक्त एआईजी र डीआईजी पदमा पदोन्नति गर्ने योजना पनि बनाएको छ।
तपाईको प्रतिक्रिया