
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई नेकपा (एमाले)का सांसद रघुजी पन्तले ‘मिस्टर’ भनेको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेका छन् ।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले सांसदलाई आउ, मिस्टर तिमी भनेको भन्दै आपत्ति जनाए ।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसद साही र एमाले सांसद रघुजी पन्तबिच भनाभन भएको थियो । पन्तले सांसद शाहीलाई तिमी भनेका थिए ।
“हिजो एउटा झुटो इतिहास सुनाएर जुम्लाका माननीय सांसद ज्ञानेन्द्रबहादुर शाहीलाई अपशब्द बोलेर मानहानि गरी तिमी र तपाईं, मिस्टर भनेर सम्बोधन भयो,” उनले भने ।
उनले शाही गठबन्धनको भन्दा बढी भोट ल्याएर जितेको सांसद भएको पनि बताए ।
“सदनमा मर्यादाहीन पेस हुने गैरजिम्मेवारी हो । त्यो रेकर्डबाट मेटिनुपर्छ । र, ती सांसदलाई सचेत हुन सभामुखबाट अनुरोध गर्छु,” उनले भने ।
तपाईको प्रतिक्रिया