
काठमाडौं। त्रिभुवन विश्वविद्यालयअन्तर्गत आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्ववियु चुनाव हुँदैछ। त्रिवि क्याम्पसमा भने चैत ८ गते मतदान हुनेछ।
२१ सदस्यीय स्ववियुमा ११ प्रत्यक्ष र १० समानुपातिक प्रणालीबाट निर्वाचित हुनेछन्। विश्वविद्यालय क्याम्पसमा ६,१४६ मतदाता छन्। अध्यक्ष, सचिव, कोषाध्यक्ष प्रत्यक्ष निर्वाचित हुनेछन् भने उपाध्यक्ष र उपसचिव निर्वाचित २१ सदस्यबाट चयन गरिनेछ।
मतदान ‘इलेक्ट्रोनिक भोटिङ मेसिन’ बाट हुनेछ, जसका लागि २० वटा मेसिन प्रयोग गरिनेछ।
यसैबीच, अनेरास्ववियुले आरआर क्याम्पसमा प्रशासनले फर्जी परिचयपत्र जारी गरेको भन्दै तालाबन्दी गरेको छ। अमृत साइन्स क्याम्पसमा भने सुरक्षा कारण देखाउँदै आजको निर्वाचन स्थगित गरिएको छ।
राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन अनुगमन गर्ने भएको छ।
तपाईको प्रतिक्रिया