
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ वायुसेवा कम्पनी सिचुआन एयरलाइन्सले नियमित चार्टर उडान थालेको छ । चीनको सिचुवान एयरलाइन्सले मंगलबारदेखि चीनको छेन्दुबाट पोखरा र पोखराबाट छेन्दु रुटमा साताको एक दिन नियमित व्यावसायिक चार्टर उडान सुरु गर्न लागेको हो ।
नेपालस्थित चिनियाँ दूतावासका अनुसार छेन्दुबाट आएको यो जहाजबाट १ सय २८ यात्रु पोखरा ओर्लिएका छन् । पोखराबाट १ सय २० यात्रु सोही उडानबाट छेन्दु जानेछन् ।
पोखरामा यसअघि प्रवद्र्धनात्मक चार्टर उडान भए पनि नियमित उडान सुरु हुन सकेको थिएन । अब सिचुआनले नियमित चार्टर उडान गर्ने भएको छ ।
तपाईको प्रतिक्रिया