
काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब लोडसेडिङ नहुने बताएका छन्।
उनले आफूलाई पहिले हटाइएन भने अहिलेको समस्या नै नआउने तर्क गर्दै, अधुरो योजना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।
शाक्यले सर्वसाधारणलाई लोडसेडिङ नहुने र उद्योगमा भइरहेको कटौतीसमेत घटाउने प्रयास गर्ने बताए। उनका अनुसार लोडसेडिङ बिजुली अभावका कारण मात्रै हुने हो, पक्षपातका कारण होइन।
२०७७ मा प्राधिकरणको प्रमुख बनेका शाक्य २०७८ मा हटाइएर कुलमान घिसिङ पुनः नियुक्त भएका थिए। उनले पदबाट हटाइएको भन्दै दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ।
तपाईको प्रतिक्रिया