बुधबार २७ चैत २०८१
समाज

कार्यवाहक प्रधानमन्त्रीले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

शुक्रबार चैत २२, २०८१/ Friday 04-04-25

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको वार्तामा विभिन्न जिल्लाबाट काठमाडौँ आएर आन्दोलन गरिरहेका शिक्षकहरू नजाने भएका छन् । कार्यवाहक प्रधानमन्त्री सिंहले दिउँसो तीन बजे आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएका थिए । 

“वार्तामा बोलाएको हो । तर वार्तालाई हामीले खेर गर्‍यौं। वार्ता होइन शिक्षा ऐन खोजेको हो,’ आन्दोलन परिचालन समितिको संयोजक एंव महासंघको सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्।’

शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरबाट शिक्षकहरू काठमाडौ आएका छन्। २० चैतदेखि उनीहरूले काठमाडौमा प्रदर्शन गरिरहेका छन् । गत २०८० असोजमा भएको सहमति अनुसार ऐन जारी गर्न शिक्षकहरूले माग गरिरहेका छन्।

तपाईको प्रतिक्रिया