
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले दिउँसै टर्च बालेर मंगलबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।
बानेश्वर–बबरमहल सडकखण्डमा भेला भएका शिक्षक–कर्मचारीहरुले मोबाइलको टर्च बालेर प्रदर्शन गरेका हुन् । उनीहरुले छिटो शिक्षा ऐन जारी गर्न माग गर्दै नाराबाजीसमेत गरेका थिए ।
विद्यालयमा पठनपाठन बन्द गर्दै देशभरका शिक्षक काठमाडौंकेन्द्रित आन्दोलनमा सहभागी भएका छन् ।
उनीहरूले यसअघि आफूहरूसँग भएको सहमतिका आधारमा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गरेका छन् । लामो समयदेखि सरकारले शिक्षकका माग पूरा नगरेका कारण बाध्य भएर आन्दोलनमा सहभागी हुनुपरेको उनीहरूको भनाइ छ ।
तपाईको प्रतिक्रिया