बिहीबार ४ बैशाख २०८२
राजनीति

राजेन्द्र लिङ्देनको आरोप- प्रहरी प्रमुख युवा संघका सहअध्यक्ष पो रहेछन्

मंगलबार चैत २६, २०८१/ Tuesday 04-08-25

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल प्रहरी प्रमुखमाथि गम्भीर प्रश्न उठाएका छन् ।

मंगलबार राप्रपाले काठमाडौंको बल्खुमा आयोजना गरेको खबरदारी सभामा लिङदेनले देशको शान्ति सुरक्षाको जिम्मा लिएर बसेका प्रहरी प्रमुख सत्तारूढ नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघको सहअध्यक्ष भएको आरोप लगाए ।

गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुख जिम्मेवार रहेको भन्दै उनले प्रहरी प्रमुखबारे गम्भीर आरोप लगाएका हुन् ।

‘कयौं घाइते भए त्यसको हिसाबकिताब छैन। कति भौतिक क्षति भयो त्यसको हिसाबकिताब छैन। तर त्यसको मूलमा अहिलेको राज्‍यसत्ता, अहिलेको प्रधानमन्त्री, अहिलेको गृहमन्त्री र अहिलेको प्रहरीको नाइके प्रहरी प्रमुख जिम्मेवार छन्,’ अध्यक्ष लिङ्देनले भने, ‘अहिले गृहमन्त्रीले आदेश दिए होलान्, प्रहरी चले होलान् भनेको त अहिलेको प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ हेर्नुस् त।’

तपाईको प्रतिक्रिया