बिहीबार ४ बैशाख २०८२
राजनीति

बालुवाटार घेरेर भातपानी बन्द गर्ने लिङ्देनको चेतावनी

मंगलबार चैत २६, २०८१/ Tuesday 04-08-25

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार नसुध्रिए प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेरेर भातपानी बन्द गरिदिने चेतावनी दिएका छन् ।

मंगलबार पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले आफूहरू गोली नचलाउने तर बालुवाटार घेर्न भने सक्ने बताए ।

‘नसुध्रने हो भने हामी पनि गाली चलाउछौ त भन्दिनँ तर बालुवाटार घेरेर भातपानी बन्द गर्न सक्छौ’, लिङ्देनले भने, ‘आज राप्रपा बल्खु गयो भनेर कमजोरी नठान्नु । शान्ति अहिंशालाई कमजोरी नठान्नु केपी ओलीजी, गृहमन्त्रीजी ।’

उनले गणतन्त्र कति कमजोर रहेछ भनेर देखाउन आएको भन्दै राज्यआतंक सधै नचल्ने चेतावनी दिए । राप्रपालाई विद्रोहमा जाओस् भन्ने चाहेको हो भने सल्लाह नै गरेर जाने बताएका लिङ्देनले देशलाई शान्तिपुर्ण बाटोबाटै परिवर्तनका लागि हिँडेको बताए ।

तपाईको प्रतिक्रिया