बिहीबार ४ बैशाख २०८२
राजनीति

राजसंस्था नफर्केसम्म सडकमै खान्छौं, सडकमै सुत्छौं : राप्रपा नेतृ पोखरेल

मंगलबार चैत २६, २०८१/ Tuesday 04-08-25

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ति पोखरेलले राजसंस्था नफर्किएसम्म आफूहरूले सडक नछाड्ने बताएकी छिन् ।

आगामी वैशाख ७ गतेबाट पार्टीले गर्ने आन्दोलनका क्रममा आफूहरू राजसंस्था नफर्किएसम्म सडकमै बस्ने, खाने र सुत्ने बताइन् ।

बल्खुमा राप्रपाले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले गणतन्त्रवादी नेताहरूले भ्रष्टाचार मात्र गरेको भन्दै आगामी सात गतेदेखि नेताहरूको दानापानी बन्द गर्न आह्वान गरिन् । 

‘यो आज सुरुवात हो । अब ७ गतेदेखि हामी यहीँ ठाउँमा बस्छौं । यहीँ सुत्छौं,’ उनले भनिन्, ‘खाना पनि यहीँ पकाउँछौं । जबसम्म यो देशमा हाम्रो अभिभावकीय संस्था राजसंस्था नभएसम्म यहीँ बस्छौं ।’

उनले गणतन्त्रवादी नेताहरूलाई आजै देश छाडेर भाग्न समेत आग्रह गरिन् ।

तपाईको प्रतिक्रिया