बिहीबार ४ बैशाख २०८२
राजनीति

अहिलेका शासकले रावण प्रवृत्ति देखाएका छन् : राप्रपा नेता लोहनी

मंगलबार चैत २६, २०८१/ Tuesday 04-08-25

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता प्रकाशचन्द्र लोहनीले देशमा ‘रावण’को शासन रहेको आरोप लगाएका छन् । मंगलबार राप्रपाले काठमाडौंको बल्खुमा आयोजना गरेको सभामा उनले नेताहरूमा रावण प्रवृत्ति मौलाएको टिप्पणी गरे । 

“नेपालमा अहिले रावणहरूको शासन छ । रामनवमी भर्खरै गयो । रावण भनेको अहंकार, घमण्ड हो । सर्वसाधारणलाई गरेको उपेक्षा छ । मैले जे गरे पनि हुन्छ भन्ने रावण प्रवृत्ति हो,” उनले भने ।

लोहनीले जनताको मत र बल रावण प्रवृत्तिमा गएको टिप्पणी गरे । उनले त्यस प्रवृत्तिलाई मास्ने दाबी गरे । “रावण प्रवृत्ति बढेर गएको छ । यस प्रवृत्तिले नेपालको इज्जत र सम्मानमा प्रहार गर्छ । विश्वमा छवि धुमिल पार्छ,” उनले भने ।

संविधानभित्रको राजसंस्था चाहिन्छ भन्ने पार्टीको धारणा रहेको बताए । उनले नवीन समझदारीका लागि आफूहरू तयार रहेको सुनाए । 

तपाईको प्रतिक्रिया