सोमबार २५ चैत २०८१
समाज

वायु प्रदूषण बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

आइतबार चैत २४, २०८१/ Sunday 04-06-25

काठमाडौं । काठमाडौँ उपत्यकामा एकसातादेखि वायु प्रदूषणको अवस्था अति अस्वस्थकर रहँदै आएको छ । आइक्यू एअरले आइतबार बिहान गरेको मापनअनुसार काठमाडौं उपत्यका विश्वको दोस्रो प्रदूषित शहरमा रहेको छ ।

अहिले काठमाडौं उपत्यकाको  ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) अर्थात औसत वायु गुणस्तर सूचक २११ रहेको छ । वायुको गुणस्तर सूचकांक अनुसार यसलाई निकै अस्वस्थकर मानिन्छ ।

वायु प्रदूषणमा भारतको दिल्ली पहिलो स्थानमा छ । जहाँ एक्यूआई २९० छ । यस्तै, तेस्रो स्थानमा रहेको पाकिस्तानको लाहोरको १९९ एक्यूआई छ ।

तपाईको प्रतिक्रिया