सोमबार २५ चैत २०८१
समाज

काठमाडौं महानगरका कर्मचारीले पाए तलब, १ अर्ब १३ करोड निकासा

सोमबार चैत २५, २०८१/ Monday 04-07-25

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहित सबै कर्मचारी र जनप्रतिनिधिको तलब खातामा आएको छ। प्रवक्ता नवीन मानन्धरका अनुसार, ३ देखि ६ महिनासम्म रोकिएको तलबका लागि १ अर्ब १३ करोड रुपैयाँ निकासा गरिएको हो।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि मेयर बालेनले कारबाही गरेपछि तलब रोकिएको थियो। तर, गत २१ गते गुरागाईं जबरजस्ती कार्यालय प्रवेश गरेपछि २२ गते उनले खर्च निकासा गरे। सार्वजनिक बिदापछि आज सोमबार तलब खातामा पुगेको हो।

 

तपाईको प्रतिक्रिया