
काठमाडौँ । कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकारका कामकारबाहीको खबरदारी गरिरहनुपर्ने बताएका छन् । सरकारका कामकारबाहीको खबरदारी नगरिए कांग्रेस नै अप्ठ्यारोमा पर्ने नेता कोइरालाको भनाइ छ ।
वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले आफूले पटकपटक दोहोर्याएको बताउँदै फेरि स्मरण गराएको बताए ।
पार्टी सभापति शेरबहादुर देउवासैगै रहेका कोइरालाले अहिले सहकार्य भएको एमाले नै कांग्रेसको प्रतिस्पर्धी भएकोले सरकारलाई खबरदारी गर्नु पर्ने बताए ।
‘पटक-पटक भन्ने गरको छु । हामी सत्तामा छौं, सरकारमा छैनौं है । किनभने प्रतिस्पर्धी एमाले नै हो । एमालेसित सहर्काय गरेर अगाडि बढिराखेका छौं ‘, उनले अघि भने, ‘कही यो सरकारले गलत गरेको छ कि कमजोरी गरेको छ कि भनेर हामीले उहाँहरुलाई वार्न गर्नपर्छ । गरेनौ भने अप्ठेरोमा पर्न सक्छौं ।’
उनले कांग्रेस-एमाले गठन हुँदा भएको संविधान संशोधनको विषयलाई पनि उठाएका छन् । संविधान संशोधन गर्ने भन्ने कुरा सेलाएको बताउँदै उनले ढिला नगर्न सुझाव पनि दिए ।
तपाईको प्रतिक्रिया