शनिबार ३० चैत २०८१
राजनीति

प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको जानकारी

शनिबार चैत ३०, २०८१/ Saturday 04-12-25

काठमाडौँ । प्रतिनिधि सभामा एक स्थान रिक्त भएको छ । संघीय संसद सचिवालयले सूचना निकालेर प्रतिनिधि सभामा एक स्थान रिक्त भएको जानकारी दिएको छ ।

सभामुख देवराज घिमिरेले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधनपछि एक स्थान रिक्त भएको जानकारी दिएका छन् । प्रतिनिधि सभा सदस्य बोहराको यही चैत १९ गते निधन भएको थियो ।

नेपालको संविधानको धारा ८९ को खण्ड च बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान रिक्त हुन आएकाले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१५ को उपनियम २ बमोजिम सूचना प्रकाशित गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले उल्लेख गरेका छन् । 

 

तपाईको प्रतिक्रिया