बिहीबार ४ बैशाख २०८२
राजनीति

प्रधानमन्त्री ओलीले आज मधेश प्रदेशसभालाई सम्बोधन गर्ने

मंगलबार चैत २६, २०८१/ Tuesday 04-08-25

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओली मधेश प्रदेशसभामा मंगलबार विशेष सम्बोधन गर्दैछन् । प्रदेशसभाको सम्बोधनपछि ओली सिरहामा हुने आम सभालाई सम्वोधन गर्न प्रस्थान गर्ने कार्यक्रम छ ।

उनको सम्वोधनका लागि प्रदेशसभा सचिवालयले लागि आज दिउँसो १ बजे बैठक आह्वान गरेको छ । बैठकमा अनिवार्य सहभागिताको लागि प्रदेश सांसदहरुलाई सूचना जारी गरिएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए ।

त्यसैगरी प्रधानन्त्री ओलीले सिरहा सदरमुकाममै रहेको सूर्यनारायण सत्यनारायणा मरवेत्ता यादव क्याम्पसमा आयोजित आमसभालाई सम्बोधनसमेत गर्ने कार्यक्रम तय भएको छ।

तपाईको प्रतिक्रिया