बिहीबार ४ बैशाख २०८२
समाज

नेपाल बार निर्वाचनः वरिष्ठ अधिवक्ताद्वय श्रेष्ठभन्दा मिश्र ३४० मतले अगाडि

मंगलबार चैत २६, २०८१/ Tuesday 04-08-25

काठमाडौं । नेपाल बार एसोसिएसनको निर्वाचनअन्तर्गत मतगणना जारी छ ।

बारको नयाँ कार्यसमिति चयन गर्न ९ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो । कुल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो ।

अहिलेसम्म झापा, इलाम, विराटनगर, मोरङ, सुनसरी, धनकुटा, राजविराज, उदयपुर, पर्सा, हेटौडा, बागलुङ, सिराहा, सर्लाही, रौतहट र बाराको मत मतगणना सकिएको छ ।

उक्त मत गणनामा अध्यक्षका प्रतिस्पर्धी बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्रले ८ सय ६९ मत पाएका छन् भने व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले ५२९ मत प्राप्त गरेका छन् । वरिष्ठ अधिवक्ताद्वय मिश्र र श्रेष्ठबीचको मतान्तर ३ सय ४० रहेको छ ।

त्यस्तै, बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट महासचिवको उम्मेदवार केदार कोइरालाले ८ सय ७१ मत र व्यावसायिक कानुन व्यवसायी समूहका उम्मेदवार यज्ञमणि न्यौपानले ४ सय ५६ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया