शनिबार ३० चैत २०८१
राजनीति

प्रधानमन्त्री ओली भगौडा दलाल वर्गको संरक्षक बनेको प्रभु साहको आरोप

शनिबार चैत ३०, २०८१/ Saturday 04-12-25

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले भगौडा दलाल बर्गको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीका कारण व्यापार व्यवसाय धराशायी हुँदै गएको टिप्पणी गरेका छन् ।

आजपा काठमाडौं उपत्यका विशेष कमिटीको आज (शनिबार) काठमाडौं, कोटेश्वरमा बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले भगौडा दलाल बर्गको नेतृत्व गरेको गम्भिर आरोप लगाए ।

‘वर्तमान सरकार मजदुर, किसान, श्रमजीविको पक्षपोषण गरिरहेको छैन् । भगौडा दलाल बर्गको अभिभावक बनेका प्रधानमन्त्रीजीले भगौडा दलाल बर्गकै नेतृत्व गरिरहेका छन्’, आजपा अध्यक्ष साहले भने, ‘नेपालमा लुटेर बिदेशमा पैसा थुपार्ने, बिदेश भाग्ने, नेपालको पुँजी बिदेश लैजानेलाई प्रधानमन्त्रीले संंरक्षण गरिरहेका छन् ।’

भगौडा, दलालको सरकारका कारण मुलुकको आर्थिक अवस्था उजाड भएको बताउदै उनले वर्तमान सरकार रहेसम्म मुलुक समृद्ध हुन नसक्ने टिप्पणी गरे । 

तपाईको प्रतिक्रिया