नयाँ वर्षमा महालक्ष्मी विकास बैंकको अफरः ७.९९% ब्याजदरमा घर कर्जा

काठमाडौं। नयाँ वर्ष २०८२ को उपलक्ष्यमा महालक्ष्मी विकास बैंकले आकर्षक अफर ल्याएको छ। बैंकले ग्राहकहरुलाई लक्षित गर्दै महालक्ष्मी घर कर्जा योजनाको ब्याजदर ७.९९ प्रतिशत मा झारेको घोषणा गरेको छ।
बैंकले जारी गरेको विज्ञप्ति अनुसार, उक्त कर्जा योजना अन्तर्गत घर खरिद, निर्माण, पुनःनिर्माण तथा अपार्टमेन्ट खरिदका लागि एकल अंकको ब्याजदर प्रदान गरिनेछ। साथै, यस कर्जामा वातावरणमैत्री विशेषता रहेको परियोजनालाई प्राथमिकता दिइनेछ जसले वातावरण संरक्षण, दिगो विकास प्रवर्द्धन तथा नेपाल राष्ट्र बैंकको नियामकीय मापदण्ड पालना गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।
महालक्ष्मी विकास बैंकले पछिल्लो समय डिजिटल बैंकिङ्ग सेवामा उल्लेखनीय सुधार गर्दै आएको छ। बैंकले मोबाइल एप ‘महालक्ष्मी स्मार्ट साथी’ संचालनमा ल्याइसकेको छ भने ग्राहक केन्द्रित सेवा प्रवाहका लागि भारतको प्रतिष्ठित म्यागजिन “बिजनेस कनेक्ट” बाट अन्तर्राष्ट्रिय अवार्ड समेत प्राप्त गरेको छ।
“सबल बैंक, सफल सहकार्य” नारालाई आत्मसाथ गर्दै, बैंकले विगत ३० वर्षदेखि देशभर १०३ शाखामार्फत करिब ८ लाख ग्राहकलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको उल्लेख गरिएको छ।
तपाईको प्रतिक्रिया