शनिबार १३ बैशाख २०८२
राजनीति

सरकार र शिक्षक महासंघबीच वार्ता सुरु

शनिबार बैशाख १३, २०८२/ Saturday 04-26-25

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको छ। शिक्षामन्त्री रघुजी पन्तको पहलमा नेपाल शिक्षक महासंघका प्रतिनिधिहरू बिहान साढे ७ बजे सिंहदरबार पुगेका हुन्।

महासचिव तुलाबहादुर थापाका अनुसार वार्तामा मन्त्री, सचिव र महासंघका प्रतिनिधिहरू सहभागी छन्।

सर्वोच्च अदालतले तीन दिनभित्र समस्या समाधान गर्न आदेश दिएपछि दुवै पक्षमा सहमतिको दबाब बढेको हो।

शिक्षकहरूले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै २५ दिनदेखि आन्दोलन गर्दै आएका छन्।

आन्दोलनका कारण भर्ना, परीक्षा र शैक्षिक गतिविधि प्रभावित भएका छन्। महासंघले आज पनि आन्दोलन जारी रहने र विहान ११ बजे माइतीघरमा भेला हुन आह्वान गरेको छ। अध्यक्ष लक्ष्मी किशोर सुवेदीले निर्णायक संघर्षका लागि बलियो उपस्थिति अपिल गरेका छन्।

 

तपाईको प्रतिक्रिया