खेलकुद
राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगे
शनिबार बैशाख १३, २०८२/ Saturday 04-26-25

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छन् । अस्ट्रेलियन प्रशिक्षक स्टुअर्ट ल गएराति नेपाल आइपुगेका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले स्वागत गरे ।
क्यानले उनलाई गएको चैत १५ मा नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । ५६ वर्षका स्टुअर्ट ल अबको दुई वर्ष नेपाली टोलीसँग रहने छन् ।
गएको जनवरीमा मोन्टी देशाईसँगको सम्झौता सकिएको थियो । अस्ट्रेलियाका स्टुअर्ट लले यसअघि श्रीलङ्का, बङ्गलादेश, वेष्ट इन्डिज, अफगानिस्तान र अमेरिकाको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन् ।
तपाईको प्रतिक्रिया