शनिबार १३ बैशाख २०८२
बिश्वो

इरान–अमेरिका बीच आणविक कार्यक्रमबारे वार्ता

आइतबार चैत ३१, २०८१/ Sunday 04-13-25

काठमाडौं । इरानको आणविक हतियार कार्यक्रम रोक्न इरानी र अमेरिकी अधिकारीबीच ओमानको राजधानी मस्कटमा शनिबार छलफल भएको छ। वार्ता ओमानको मध्यस्थतामा इरानी विदेशमन्त्री अब्बास अराक्ची, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभन विटकफ, र ओमानका लागि अमेरिकी राजदूत आना एस्क्रोगिमाबीच भएको हो।

इरानी पक्षले वार्ता सकारात्मक रहेको जनाए पनि कुनै ठोस निष्कर्ष ननिस्किएको र अर्को शनिबार पुनः छलफल हुने जनाएको छ। इरान लामो समयदेखि आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको दाबी गर्दै आएको छ, तर अमेरिका र इसराइलले इरानलाई हतियार बनाउन खोजेको आरोप लगाउँदै आएका छन्।

ट्रम्पले वार्ता असफल भए सैन्य कारबाहीको चेतावनी दिँदै आएका छन्। ओबामा शासनकालमा भएको आणविक सम्झौता ट्रम्पले सन् २०१७ मा तोडेका थिए। यसपटकको छलफलबाट नयाँ सम्झौताको आधार बन्ने आशा गरिएको छ।

तपाईको प्रतिक्रिया