भक्तपुरमा आज सिन्दुरे जात्रा, सुजनले तेस्रो पटक जिब्रो छेड्दै

भक्तपुर। मध्यपुर थिमिमा बिस्केट जात्राअन्तर्गत आज बालकुमारी मन्दिर परिसरमा परम्परागत सिन्दुर जात्रा धूमधामका साथ मनाइँदै छ।
सिन्दुर जात्रामा थिमि क्षेत्रका ३२ वटा खट बालकुमारी मन्दिर परिक्रमा गर्दै नगर परिक्रमा गर्ने परम्परा रहेको छ। तर, २०५६ सालदेखि उत्पन्न विवादका कारण नगदेश, बोडे र टिगनी क्षेत्रका खट सहभागी नभएपछि हाल १९ वटा खट मात्र मन्दिर परिक्रमा गर्ने प्रचलन कायम छ।
खटमा देवता राखी धिमेबाजाको साथमा चिराग बाली जात्रालुहरू सिन्दुर छराछर गर्दै जात्रामा सहभागी हुन्छन्। प्रत्येक चोक, टोल र चौबाटोमा सिन्दुर छर्कने, आपसमा सिन्दुर खेल्ने चलनका कारण यसलाई सिन्दुर जात्रा भनिन्छ। काया बाजा, भुस्या बाजा, धिमे बाजाका तालमा खटलाई घुमाइन्छ र जात्रालुहरूले रमाइलो गर्छन्।
यसै क्रममा आज दिउँसो बोडेमा जिब्रो छेड्ने जात्रा पनि मनाइँदै छ। यस वर्ष सुजन बाग श्रेष्ठले तेस्रो पटक जिब्रो छेडेर यो अनौठो परम्परालाई निरन्तरता दिँदै छन्।
तपाईको प्रतिक्रिया