
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ट्याक्टरको गतिमा कुचकुच कुचकुच गरेर हिँडिरहेको टिप्पणी गरेका छन् ।
आज (मंगलबार) काठमाडौंमा अयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गति नै पक्रिन नसकेको बताएका हुन् । उनले मानिसहरको अपेक्षालाई सरकारले बुझ्न नसकेको बताए ।
‘सुरुको चरणमा गए जोतिएर काम गरेको पनि हो । एकदम उत्साहको साथ धेरै कुरा बदल्न सकिन्छ भनेर लागेको पनि हो । विस्तारै के कुरा लाग्न थालेको छ भने देशलाई कंकडको स्पिड चाहिएको छ । आज एउटा, भोलि एउटा, पर्सी एउटा । माहोल बनाउनुपर्ने छ, यहाँ राम्रो भएको छ भनेर माहोल बनाउनुपर्ने छ । सरकार ट्याक्टरको स्पिडमा छ । कुचकुच कुचकुच गरेर चलिरहेको छ । मानिसहरुको अपेक्षाको जुन गति छ, खासगरी तन्नेरीहरुले आजको परिवर्तन यसरी होस् भन्ने चाहेका छन्, त्यो गति नै यसले पक्रिन सकेन,’– उनले भने ।
एमालेसँग मिलेर सरकारमा गएपछि संविधान संशोधन, र सकार सञ्चालनमा व्यापक सुधार ल्याउने आफूहरुको चाहना भएपनि त्यसमा बदलाब ल्याउन नसकेको उनको स्वीकारोक्ति छ । युद्ध स्तरमा काम गर्नुपर्ने सरकारले काम गर्न नसक्दा आम नागरिकको जन गुनासो सम्बोधन हुन नसकेको उनले बताए । महामन्त्री थापाले सरकार सञ्चालनमा प्रधानमन्त्री ओलीमा जोश, जाँगर र उत्साह नदेखिएको उनको दाबी छ ।
तपाईको प्रतिक्रिया