
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. खड्क केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री तथा विश्वविद्यालयका उपकुलपति केपी शर्मा ओलीले केसीलाई उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।
केसीलाई अर्को व्यवस्था नहुँदासम्मको लागि उपकुलपतिको जिम्मेवारी दिइएको हो । त्रिविका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएपछि विश्वविद्यालय उपकुलपति विहिन बनेको थियो ।
तपाईको प्रतिक्रिया