
काठमाडौं। शिक्षक महासंघले आन्दोलन नरोकिने स्पष्ट पारेको छ। अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बुधबार दिउँसो १२ बजे माइतीघरमा उपस्थित हुन शिक्षकहरूलाई आग्रह गरेका छन्।
सामाजिक सञ्जालमा उनले राज्य अझै अनुदार देखिएको भन्दै आन्दोलन निर्णायक मोडमा पुगेको बताएका छन्। सुवेदीले आन्दोलनलाई थप सशक्त बनाउन देशभरका शिक्षकलाई आह्वान गरेका छन्।
१५ दिनदेखि आन्दोलनरत शिक्षकहरूले एसईई उत्तरपुस्तिका जाँच र कक्षा १२ को परीक्षा बहिष्कार गरिरहेका छन्।
मंगलबार साँझ मन्त्रिपरिषद्ले विधेयक चाँडै पारित गर्ने प्रतिबद्धता जनाउँदै शिक्षकलाई विद्यालय फर्कन आग्रह गरेको थियो।
तपाईको प्रतिक्रिया