
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले प्रादेशिक कमिटीलाई अझै सशक्त बनाउनका लागि इन्चार्ज तोकेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।
उनका अनुसार, कोसी प्रदेशको इन्चार्जको जिम्मेवारी प्रमुख सचेतक सन्तोष परियारले पाएका छन् । मधेस प्रदेशको इन्चार्ज मनीष झा र वाग्मती प्रदेशको इन्चार्ज लिमा अधिकारीलाई बनाइएको छ ।
गण्डकी प्रदेशको इन्चार्ज शिशिर खनाल, लुम्बिनीको इन्चार्ज विपीनकुमार आचार्यलाई तोकिएको छ । कर्णालीको इन्चार्ज गणेश पराजुली र सुदूरपश्चिमको इन्चार्ज हरि ढकाललाई बनाइएको उनले बताए ।
तपाईको प्रतिक्रिया