शनिबार १३ बैशाख २०८२
खेलकुद

नेपाल सुपर लिगको एलिमिनेटरमा आज चितवन र पोखरा खेल्दै

आइतबार बैशाख ७, २०८२/ Sunday 04-20-25

काठमाण्डौ । नेपाल सुपर लिग (एनएसएल) फुटबलको एलिमिनेटरमा आज चितवन एफसी र पोखरा थण्डर्स खेल्दैछन् । खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरु हुनेछ ।

यो खेलको विजेताले दोस्रो क्वालिफायरमा बुधवार धनगढीसँग खेल्नेछ भने पराजित हुने टोली बाहिरिनेछ । लिग चरणमा चितवन तेस्रो र पोखरा चौथो हुँदै प्लेअफमा प्रवेश गरेका हुन् ।

हिजो भएको पहिलो क्वालिफायरमा धनगढी एफसीलाई २–१ गोलले हराउँदै ललितपुर फाइनलमा पुगिसकेको छ । तेस्रो संस्करणको एनएसएलको फाइनल खेल आउँदो शनिवार हुनेछ । 

तपाईको प्रतिक्रिया