खेलकुद
सिद्धान्त लोहनीको उपचारमा पाँच लाख रुपैयाँ दिने क्यानको निर्णय
बिहीबार बैशाख ११, २०८२/ Thursday 04-24-25

काठमाडौं । क्रिकेट खेलाडी सिद्धान्त लोहनीलाई नेपाल क्रिकेट संघले ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
क्यानका प्रवक्ता छुम्बी लामाले लोहनीलाई उपचारका लागि ५ लाख रकम उपलब्ध गराउने निर्णय भएको जानकारी गराएका छन् ।
क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै सन् २०२३ मा भएको महेन्द्र नारायण निधि राष्ट्रिय क्रिकेट प्रतियोगितामा घाइते भएका सिद्धान्तलाई पाँच लाख दिने निर्णय गरेको हो ।
सिद्धान्तको लिगामेन्टमा चोट लागेको थियो । त्यसयता उनले भारतमा उपचार गराइरहेका छन् । प्रतियोगितामा सिद्धान्तले कोसी प्रदेशको प्रतिनिधित्व गरेका थिए ।
सिद्धान्तले सन् २०१५ जुलाई १८ मा आईसीसी टी२० विश्वकप छनोट अन्तर्गत जर्सीविरुद्ध खेल्दै नेपालको सिनियर टिममा डेब्यु गरेका थिए ।
तपाईको प्रतिक्रिया