बिहीबार ११ बैशाख २०८२
राजनीति

नागरिक उन्मुक्ति र जनमत पार्टीबीच वैशाख १७ गते एकता घोषणाको तयारी

बिहीबार बैशाख ११, २०८२/ Thursday 04-24-25

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आगामी वैशाख १७ गते एकताको घोषणा हुने भएको छ ।

तराई मधेशको सबैभन्दा ठुलो दल बनाउने गरी दुई पार्टीबीच एकता घोषणा गर्ने तय भएका अध्यक्ष राउतको सचिवालयले जनाएको छ ।

“धेरै  पार्टी/शक्तिहरूको अहिले निद्रा उडेको छ ।  किनकि आन्दोलन र जनताको बीचबाट आएको, जनताको पक्षमा काम गर्ने, एउटा नयाँ शक्तिशाली पार्टी नेपालमा उदय हुने क्रममा छ । नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदै छ,” सचिवालयले भनेको छ।

तोकिएको समयमा एकता हुने दाबी सचिवालयको छ । सचिवालयले भनेको छ, ‘हामी आत्तिएका छैनौँ । तपाईँहरू पनि नआत्तिनुहोला । जनताको भावना र आकांक्षा एकता भएकोले हामी एकताको लागि अगाडि बढ्ने नै छौँ। एकता हुन्छ नै ।’

पार्टी एकतापछि पार्टीको नाम नागरिक जनमत रहने दुई पार्टीबीच सहमति भइसकेको छ ।

तपाईको प्रतिक्रिया