बिहीबार २९ जेठ २०८२
प्रविधी

एप्पलको फोल्डेबल आइफोन २०२६ मा आउने: मूल्य २,३०० डलरसम्म हुने

शुक्रबार जेठ ९, २०८२/ Friday 05-23-25

काठमाडौं। एप्पलले २०२६ मा आफ्नो पहिलो फोल्डेबल आइफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ। सामसुङ, मोटोरोला र गुगलजस्ता कम्पनीहरूले फोल्डेबल स्मार्टफोन बजारमा पहिल्यै प्रवेश गरिसकेका भए पनि, एप्पलको ढिलो प्रवेश नै यसको फाइदामा परिणत हुन सक्ने प्राविधिक विश्लेषकहरूको भनाइ छ।

प्रविधि विश्लेषक मारिया चेन् भन्छिन्, “एप्पलले हालका फोल्डेबल उपकरणहरूमा देखिने स्क्रिनको क्रिज र टिकाउपनको समस्यालाई समाधान गर्न सक्छ।” अहिले प्रविधि परिपक्व भइसकेकाले एप्पलको नयाँ फोल्डेबल उपकरणले बजारमा नयाँ मापदण्ड कायम गर्न सक्ने अपेक्षा गरिएको छ।

यो फोल्डेबल आइफोन एप्पलको अहिलेसम्मकै सबैभन्दा महँगो आइफोन हुने अनुमान गरिएको छ, जसको मूल्य २,००० देखि २,३०० अमेरिकी डलरसम्म हुन सक्छ।

 

तपाईको प्रतिक्रिया