बिहीबार २९ जेठ २०८२
समाज

ज्यान मार्ने उद्योगमा फरार दुई अभियुक्त कीर्तिपुरबाट पक्राउ

सोमबार जेठ २६, २०८२/ Monday 06-09-25

काठमाडौं । ज्यान मार्ने उद्योग मुद्दामा फरार दुई प्रतिवादी काठमाडौंबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँट बस्ने जाजरकोट कुसे गाउँपालिका–७ का २७ वर्षीय दिपेन्द्र सिंह र तप्त सिंह छन्।

जिल्ला अदालत जाजरकोटबाट पक्राउ पुर्जी जारी भई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले कीर्तिपुरबाट पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोट पठाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया